कोहलपुर ।
बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि जाँदै गरेको एक महिला बेहोस् भएकी छिन् ।
नेपालगञ्जको धम्बोझी घर भएकी अन्दाजी ४० वर्षीया एक महिला शनिबार दिउँसो सन्तानेश्वर महादेव मन्दिर जाँदै गर्दा बाटोमा नै बेहोस् भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।
सन्तानेश्वर महादेव मन्दिर देखि केही तल रहेको कुटी पुग्दा महिला बेहोस् भएको उनले बताए ।
‘मन्दिर दर्शनको लागि जाँदै गरेकी महिला बेहोस् भएको खबर आएपनि हाम्रो टोली उद्दारको लागि स्टेचर लिएर गएको थियो’ प्रहरी निरीक्षक गौतमले भने, ‘त्यहाँ पुगेर प्रहरी र स्थानीयसहितको टोलीले एम्बुलेन्ससम्म ल्याएर नेपालगञ्ज पठाएको छ ।’
केही बेरअघि भेरी अस्पताल पु¥याइएपनि थप जानकारी भने प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । शनिबारको चर्को गर्मीका कारण पनि महिला बेहोस् भएको हुनसक्ने आंकलन गरिएको छ ।
महिलाको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्