25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

भारतमा बाढी: महाराष्ट्रमा १३६ जनाको मृत्यु, कर्नाटकका ७ जिल्ला रेड अलर्टमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ९, २०७८  

एजेन्सी।

निरन्तरको वर्षाका कारण भारतका विभिन्न राज्यमा क्षति भएको छ। हालसम्म भारतको महाराष्ट्रमा १३६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै गाउँ विस्थापित भएका छन्।

त्यस्तै, कर्नाटकका ७ जिल्लामा वर्षाका कारण पानीको बहाव बढेसँगै रेड अलर्ट जारी गरिएको छ भने विहारस्थित कोसी नदिको बहाव बढेका कारण सुपौल क्षेत्रमा बाढी आएको छ।

प्रकाशित मितिः शनिबार, साउन ९, २०७८     2:59:21 PM  |