नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा रहेको एक लागु औषध ब्राउनसुगरको डिलरमा लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले छापा मारेको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर, १२ कारियनपुरमा रहेको ब्राउनसुगरको डिलरमा लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले छापा मारेको थियो ।
कोरियनपुरमा कोठा भाडामा लिई लागु औषध ब्राउनसुगरको कारोबार सञ्चालन गरिरहेको सूचनाको आधारमा ब्यूरो टोलीले शुक्रबार राती छापा मारेको हो ।
छापा मार्दा कोठाबाट बिक्री गर्नको लागि राखिएको अवस्थामा अवस्थामा ४५ ग्राम बढी लागु औषध बरामद भएको ब्यूरो स्रोतले जनाएको छ । उनीहरुको साथबाट ब्राउनसुगर तौल गर्ने डिजिटल तराजु समेत बरामद भएको छ । छापामा मारेर ब्यूरो ३ जना कारोबारीहरुलाई समेत पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारत बहराईज जिल्ला नानपाराका, २८ वर्षीय सलमान खान, लखनउ कोतवालि चोक बस्दै आएका २८ वर्षीय मुस्तकिम र नेपालगञ्ज उप–महानगरपालिका, ११ टाङ्गा स्टेशन बस्ने २१ वर्षीय आजाद कबडिया रहेका छन् ।
लागु औषध ब्राउनसुगरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि ब्यूरोले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।
यसबारे थप जानकारी दिनको लागि बाँके प्रहरीले शनिबार बिहान साढे ११ बजे पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।









प्रतिक्रिया दिनुहोस्