३३५ परीक्षणमा १६ मा कोरोना, बाँकेमा ६ संक्रमित थपिदाँ, १० जनाले कोरोना जिते



नेपालगञ्ज ।

बाँकेका तीन प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार ३३५ नमूना परीक्षण गर्दा थप १६ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा २१४ नमूना परीक्षण गर्दा १५ जना र मेडिकल कलेज कोहलपुरमा ६७ नमूना परीक्षण गर्दा १ जना संक्रमण पुष्टि भएको थियो ।

बागेश्वरीको ल्याबमा भने ५४ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । अहिलेसम्म जिल्लाका प्रयोगशालामा ८७ हजार ५०४ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा जिल्लाका प्रयोगशालामा संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६ जनामात्र रहेका थिए ।

४ महिला र २ पुरुषमा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले बताए । उनका अनुसार योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७२ पुगेको छ । तीमध्ये ७ हजार ४ सय ८६ महिला र १० हजार ८६ पुरुष रहेका छन् । शुक्रबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ३ महिला र ७ पुरुष गरेर १० जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा जिल्लामा नयाँ ६ संक्रमित थपिदाँ थप १० जना कोरोना जितेर घर फर्किएका थिए । १ महिला र ९ पुरुष गरेर थप १० जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार २ सय १४ पुगिसकेको छ । कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ३ सय ३१ महिला र ९ हजार ८ सय ८३ पुरुष रहेका छन् ।

अहिलेसम्म बाँकेका जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर ६ सय ९७ संक्रमितको उपचारकै क्रममा मृत्यु भइसकेको छ । शुक्रबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १९ महिला र १७ पुरुष गरेर ३६ रहेको थियो । जिल्लामा बाहिरी जिल्लाका सक्रिय संक्रमितको संख्या २१ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालको कोभिड वार्डमा ८ महिला र १४ पुरुष गरेर २२ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा रहेको संख्या १८ महिला र १५ पुरुष गरेर ३३ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिबार