फरार प्रतिवादी पक्राउ



कोहलपुर :  जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट बैङ्किङ कसुरमा दोषि भई सजाय तोकिएका फरार व्यक्तिलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले फरार रहेका कोहलपुर नगरपालिका वडा नम्बर ११ मा ३८ वर्षीय विष्णु जीवन धिताल (सन्ज्याल) लाई पक्राउ गरिएको जानकारी दिए । उनलाई जिल्ला अदालत बाँकेले मिति २०७७÷११÷१२ गतेको फैसलाले ३ दिन कैद तोकेको थियो ।

यस्तै उनलाई दुई लाख अस्सी हजार रुपैयाँ जरिवाना तोकेको कार्यालयले जारी गरेको प्रेस नोटमा जनाइएको छ । सूचना अधिकारी र प्रवक्ता समेत रहेका उनले नीजलाई पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाइएको जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार