कोहलपुर : सर्वोच्च अदालतको आदेशको विरुद्धमा कोहलपुरमा विरोध प्रदर्शन आयोजना गरिएको छ ।
सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री नियुक्त गरेको विरोधमा कोहलपुर केन्द्रीय समितिको निर्देशन अनुसार नेकपा एमाले निकट निकट अनेरास्ववीयू र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा कोण सभाका साथै विरोध सभा आयोजना गरिएको हो ।
बिहीबार साँझ कोहलपुरको चौराहामा युवा विद्यार्थीहरु जम्मा भएर अदालतको निर्णयको विरोध गरिएको थियो ।
अनेरास्ववीयू नगर कमिटिका संयोजक बलिराज थापाको अगुवाईमा कोहलपुरमा विरोध प्रदर्शन भएको हो ।
यस्तै उक्त अवसरमा पार्टी निर्णय विपरित काम गरिरहेको भन्दै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानन्याधिश चोलेन्द्र शमशेर जवराले पुत्ला जलाइएको थियो ।
उक्त अवसरमा सुमन घिमिरे र रविन्द्र लम्साल लगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार













प्रतिक्रिया दिनुहोस्