काठमाडौं
नेकपा एमालेमा चुलिँदो संकटसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अघि बढाएका समानान्तर गतिविधि पनि उसैगरी चुलिन थालेका छन्।
ओलीपक्षले आफ्नो युवा–दस्ता ‘युथ फोर्स’ ब्युँताएसँगै नेपालपक्षले पनि ‘पिपुल्स भोलिन्टियर’ ब्युँताउँने भएको छ। एमालेनिकट युवा संघले कुनै बेला यी दुवै (युथ फोर्स र पिपुल्स भोलिन्टियर)को अभ्यास गरेको थियो।
नेपाल पक्षले बिहीबार भक्तपुरमा कार्यक्रम गरेर ‘पिपुल्स भोलिन्टियर’ घोषणा गर्ने बताएको छ। भक्तपुरको सूर्यविनायकमा राखिएको घोषणा कार्यक्रमको प्रमुख अतिथि नेपाललाई नै राखिएको छ।
नेपालपक्षले यसअघि ओलीपक्षको युथ फोर्सको प्रतिवादमा अखिल फोर्स घोषणा गरेको थियो। दुवैपक्षले यसलाई आफ्नो युवा परिचालन गर्ने प्रयास भएको दाबी गर्दै आएका छन्।
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्