18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले तलब नपाएको प्रति एमाले बाँकेको ध्यानाकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८  

कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले तलब र कोभिड भत्ता नपाएको भन्दै नेकपा एमाले बाँकेले ध्यानार्षण भएको जनाएको छ ।

कोभिड–१९ को समयमा ज्यानको बाजी लगाएर फ्रन्टलाइनरका रुपमा काम गरेका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तलब नपाएको भन्दै आन्दोलन गर्नु परेको विषयमा एमाले बाँकेले ध्यानाकर्षण भएको जनाएको छ ।

मंंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै नेकपा एमाले बाँकेले प्रत्येक महिना बितेपछि पाउनुपर्ने तलब भत्ता विगत तीन महिनादेखि अस्पताल व्यवस्थापन पक्षले उपलब्ध नगराउनु दुःखत विषय भएको जनाएको हो ।

अध्यक्ष सूर्य ढकालद्धारा हस्तारित विज्ञप्तिमा कोरोना महामारीको विषयमा परिस्थितिमा आफ्नो ज्यानको बाजी राखेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले उपलब्ध गराएको कोभिड भत्ता संस्थाले उपलब्ध नगराउनु राम्रो कार्य नभएको उल्लेख गरिएको छ ।  उनीहरुको माग पुरा गरेर कर्मचारीहरुलाई काममा फर्किने वातावरण सिर्जना गर्न एमाले बाँकेले अनुरोध समेत गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८     6:47:01 PM  |