गाई चोरेको आरोपमा नेपालगञ्ज न्युरोडबाट दुई पक्राउ



कोहलपुर ।

बाँकेको नेपालगञ्जबाट प्रहरीले छाडा छोडिएका गाईहरु चारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज न्यूरोडमा रहेको भानुभक्त चोक क्षेत्रबाट स्थानीयहरुलाई गाई चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ परेका दुई युवाहरुले धेरै समयदेखि सडकमा छाडा छोडिएका गाईहरु चोरेर अन्य ठाउँमा लगेर बेच्दै आएको स्थानीयहरुले बताएका छन् ।

दुवै जनालाई अहिले वडा कार्यालय नेपालगञ्जको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ५ गते मंगलबार