जीवन बीमा शुल्क २८.७ र निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढ्यो



काठमाडौं

एक वर्षको अवधिमा जीवन बीमा शुल्क २८.७ तथा निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढेको छ।

बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरुबाट कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड रुपैयाँ गरी कुल १ खर्ब ५१ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा जीवन बीमातर्फको कुल बीमा शुल्कमा २८.७ तथा निर्जीवनतर्फ १५.३ प्रतिशतले बढेको बीमा समितिले जानकारी दिएको छ।

यसैगरी गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार ९६४ वटा बीमालेखकको जम्मा २ अर्ब २५ करोड र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखखको जम्मा २० अर्ब १४ करोड बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको तथ्यांक बीमा कम्पनीहरुबाट प्राप्त भएको समितिले जनाएको छ।

यस्तै गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित भएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ५ गते मंगलबार