आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानकारी हुँदा हुँदै चेक काटेर भुक्तानी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं टोखा नगरपालिका- २ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका २२ घर भई सोही महानगरपालिका १३ बस्ने ६३ वर्षीय देव नारायण महर्जनलाई पक्राउ गरेको हो छ ।
उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मिलनलाई टोखाबाट र बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीहरुले नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर अदालतले गरेको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्