कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टा सोमबार २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको थियो ।
७ हजार ८३३ जना पीसीआर परीक्षण गर्दा १ हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । सोमबारसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २५८ जना संक्रमित निको भई घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ लाख ३३ हजार ३३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार भने कोरोना संक्रमणका कारण देशभर ३२ संक्रमितको उपचारका क्रममा नै मृत्यु भएको थियो ।
हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका थिए । संस्थागत आइसोलसनमध्ये ५६४ जना आइसियुमा र १५५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्