नेपालगञ्ज ।
विभिन्न मुद्दामा कैद सजाय तोकिएका दुई फरार प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ परेको छ । सार्वजनिक अपराध र अंश मुद्दामा बर्दिया जिल्ला अदालत गुलरियाले जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका वडा नम्बर, १ का सिताराम थारु र बारबर्दिया नगरपालिका वडा नम्बर, ७ का प्रशुराम आचार्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए । थारुलाई सार्वजनिक अपराध कसुर मुद्दामा जिल्ला अदालतले २०७२ चैत्र २४ गते ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसलगत्तै उनी फरार रहेका थिए । उनीहरुलाई आइतबार ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी आचार्यलाई जिल्ला अदालतले अंश मुद्दामा २ हजार २ सय ६१ जरिवाना तोकेको थियो ।
२०७० पुस १४ गतेको फैसलाले जरिवानाको आदेश सुनाएसँगै फरार रहेका आचार्यलाई ईलाका प्रहरी कार्यालय जयनगरको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्