नेपाल लाइफ इन्सोरेन्स कम्पनीद्वारा दुई हप्तामा मृत्युदावी भुक्तानी



कोहलपुर ।

बाँकेमा रहेको नेपाल लाइफ इन्सोरेन्स कम्पनीले दुई हप्तामा तीन जनाको मृत्युदावी रकम भुक्तानी गरेको छ । आइतबार एक औपचारीक कार्यक्रम गरी दमन कुमार आचार्य, मान बहादुर सिंह र दिलीप केसीको श्रीमतीहरुलाई सो मृत्युदावी रकम हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा दमन कुमार आचार्यको श्रीमती मन्जुला शर्मा आचार्यले ७ लाख ९४ हजार ६ सय ९६ रुपैया बुझेकी थिइन् भने मान बहादुर सिंहको श्रीमती दुर्गा सिंहले ५ लाख १२ हजार ९ सय ७२ रुपैया रकम बुझ्की थिइन । यस्तै दिलीप केसीको श्रीमती दुर्गा भारती केसीले २६ लाख ७७ हजार ३ सय ३५ रुपैया बुझेकी हुन् ।

यस्तै नेपाल नेलाइफ इन्स्योरेन्स कम्पनीका कोहलपुर उपशाखा प्रमुख विष्णु प्रसाद शर्माले कोहलपुर शाखाले निकै प्रभावकारी रुपमा काम गरिरहेको बताए । अहिले अन्य बिमा कम्पनीहरु भन्दा फरक र नयाँ योजना सहित कोहलपुरमा शाखा स्थापना गरेका थियौ उनले भने सोही अनुसार काम अगाडि बढाइराखेका छौं, उनले भने ।

यस्तै बरिष्ठ अभिकर्ता नन्दखर जैसीले बिमा अहिले मात्र नभई भविष्यको लागि पनि महत्वपूर्ण भएकोले अनिवार्य रुपमा बिमा गर्नुपर्ने बताए । बिमा जिवनको अमुल्य हो त्यसैले समयमा नै विमा गरी सुरक्षा दिनहुन उनले अनुरोध समेत दिएका थिए ।

पेशागत विमा अभिकर्ता संघ विमा समितिका केन्द्रय सदस्य गुमान सिंह रावत, बरिष्ठ अभिकर्ता, केदार ढकाल, अभिकर्ता जिवराज पाण्डे, लक्ष्मी जैसी, यमुना थापा, नन्दरिऋी पाण्डे लगायतको उपस्तिथ रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ४ गते सोमबार