प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने सम्भावना बलियो



काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि प्रतिनिधि सभा बैठकमा यसको प्रक्रिया सुरु भएको छ । केहीबेर अघि सुरु भएको आजको प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मतका लागि प्रक्रिया सुरु भएको हो ।

sf7df8f}F, # ;fpg . gofF afg]Zj/l:yt ;ª3Lo ;+;b ejgdf cfOtaf/ z’¿ ePsf] k|ltlglw;ef a}7ssf ;xefuLx¿ . t:jL/ M /Tg >]i7, /f;;

बैठकको सुरुमा सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव राख्न समय दिने, त्यसपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सांसदहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिने, प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने र विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादवको पक्षमा १७ र राष्ट्रिय जनमोर्चाकी एक सांसद गरी देउवाको पक्षमा १२८ मत पुग्छ । प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवालाई १३६ मत आवश्यक पर्छ । एमालेको माधव नेपाल समूहको कम्तिमा ८ मत पाएमा उहाँले विश्वासको मत पाउनुहुन्छ । नेपालसहित उहाँ पक्षका धेरै सांसदले देउवालाई विश्वासको मत दिने बताएका छन् ।

जसपाको महन्थ ठाकुर पक्षका सांसदलेसमेत देउवालाई विश्वासको मत दिने भएका छन् । यस हिसाबले देउवालाई सजिलै विश्वासको मत जुट्ने सम्भावना छ । एमालेको संस्थापन पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । पार्टीभित्र र आफ्नो समूहमा समेत कुरा नमिलेपछि एमाले सांसद भीम रावलले राजीनामा दिनुभएको छ । एमालेको १२१ सांसदमध्ये २६ जनाले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए भने तीमध्ये २३ जना सांसदले सर्वोच्च अदालतमा परेको रिटका पक्षका हस्ताक्षर गरेका थिए।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार