काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराउनको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
बललबउगचलब उयकत
सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्। उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार










प्रतिक्रिया दिनुहोस्