नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न



कोहलपुर : बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्जस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले गरेका थिए । आयोजक संस्था समाज सेवा संस्था नेपाल, कोहलपुरका अध्यक्ष विनोद थापाका अनुसार कुल ५४ जनाले रक्तदान गरेका छन् । ती मध्ये ४६ जना पुरुष र ८ जना महिला रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार