सवारी दुर्घटनाको विषयलाई लिएर पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका, ८ शम्शेरगञ्ज तनावग्रस्त बनेको छ ।
तीन दिनअघि सवारीको ठक्करबाट एक स्थानीयको मृत्यु भएको विषयलाई लिएर बिहीवार दिउँसो शम्शेरगञ्ज तनावग्रस्त बनेको हो ।
मृतकलाई उचित क्षतीपूर्तीको माग राख्दै स्थानीयहरुले राजमार्ग समेत अवरुद्ध गरेका थिए ।
स्थानीयले बन्द गराएको सडक खोल्ने क्रममा स्थानीय र प्रहरीबीच सामान्य झडप भएको बताइएको छ । स्थानीयहरुले भने माग पूरा गराउनको लागि शान्तिपूर्ण आन्दोलनमा गर्दा समेत प्रहरीले बल प्रयोग गरेको बताएका छन् ।
शुक्रवार बिहान १० बजे छलफल गर्ने सहमतीपछि पौने चार बजेबाट बन्द भएको राजमार्ग खुलेको छ ।
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्