खुमलटारमा विप्लव र प्रचण्ड पत्नी सीताको भावुक तस्बिर



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको भावुक तस्बिर सार्वजनिक भएको छ।

प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले विप्लव र आमा सीताको फोटो सामाजिक सञ्जालमा राखेकी छन्। गंगाले पुनर्मिलनको एक तस्बिर भनेर समेत लेखेकी छन्।

तस्बिरमा विप्लवले सीता दाहालको दुवै हात समाएका छन्। सीता दाहालले पनि विप्लवलाई आफ्नै परिवारको सदस्यलाई जस्तो गरेर हेरेकी छन्।

विप्लवले पाँच वर्ष भन्दा लामो समयपछि सीता दाहाललाई भेटेका हुन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटका अनुसार सीता दाहालले विप्लवललाई परिवारकै सदस्य जस्तो माया गर्छिन्।

‘उहाँहरूको भावनात्मक सम्बन्ध छ। आमाले विप्लवलाई साह्रै माया गर्नुहुन्छ,’ उनले भने, ‘राजनीतिक-वैचारिक सम्बन्ध त छँदैछ। त्यो सँगै आत्मीय सम्बन्ध पनि छ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार