मधुर पौडेल, बर्दिया
बाँसगढी नगरपालिकाले एकसाताका लागि राजस्व सम्बन्धि सेवा गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै एक साताका लगि राजस्व सेवा बन्द हुने बताएको हो ।
प्रमुख प्रशासकीय अधिृकत टोपेन्द्र बहादुर केसीद्धारा जारी सार्वजनिक सूचनामा असार ३१ गते देखि आगामी साउन ७ गते सम्मका लागि बन्द राजस्व सेवा बन्द हुने उल्लेख गरिएको छ ।
जारी सूचनामा भनिएको छ,‘ यस बाँसगढी नगरपालिका नगर कार्यपालिका कार्यलयको आ.व. २०७८/७९ को आर्थिक ऐन २०७८ अनुसार राजस्व दररेट अद्यावधिक गर्नुपर्ने छ । सफ्टवेयरलालाई अपग्रेडिङ गरि ई पेमेन्ट प्रणाली लागू गर्नुपर्ने भएको छ ।
नगरपालिका अन्तर्गतका सबै क्षेत्रमा सेवा बन्द हुनेछ । ’ आगामी साउन ७ गते सम्मका लागि बाँसगढी नगरपालिका नगर कार्यपालिका कार्यलयका र कार्यलय अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुमा राजस्व सेवा पूर्ण रुपा बन्द हुने जानकारी गराइएको छ । यसबाट सेवाग्राही प्रति पर्ने असुविधा प्रति क्षमा समेत मागिएको छ । प्रमुख प्रशासकीय अधिकृत केसी यो वर्षेनी हुने नियमित प्रक्रिया बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्