26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

शान्ता, ज्योत्स्ना र सुनिलले पाए फिल्म बनाउन ५ लाख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८  

काठमाडौं ।

‘विराटनगर फिल्म वर्कसप’बाट नाम परिवर्तन भई ‘गोग्राहा’ नामाकरण गरिएको वर्कसपबाट छानिएका ३ फिल्मकर्मीले ५ लाख रुपैंयाँ निर्माण सहयोग पाएका छन् ।

आयोजक विराटनगरस्थित नर्थ साउथ कलेक्टिभले सोमबार साँझ भर्चुअल प्रेसमिटमार्फत निर्माण सहयोग पाउने फिल्मकर्मीको नाम घोषणा गरिएको हो ।

घोषणाअनुसार यो साल शान्ता नेपालीको ‘मुना’ ज्योत्सना सिंह ठकुरीको ‘एलेक्सिया’ र सुनिल गुरूङको ‘विण्ड हर्स’ रहेका छन् । फिल्मकर्मीले १५ मिनेट समयावधि रहने फिल्म २०२१ को अन्त्यसम्ममा बनाउन पर्नेछ ।

सन् २०१९ मा विराटनगरमा एक हप्ते आवासीय फिल्म कार्यशाला गरी यो वर्कसपको थालनी गरिएको हो । सन् २०२०–२१ का वर्कसपलाई तीन भागमा बाँडी सञ्चालन गरिएको थियो । जसमा ८ हप्ते लेखन कार्यशाला गरिएको थियो भने १२ निर्देेशनको । कार्यशालाका आधारमा लेखिएका पटकथा छानेर पुरस्कृत गर्ने काम अन्तिम चरणअन्तर्गत सम्पन्न भएका थिए ।

सन् २०२०–२१ को फिल्म कार्यशालाका लागि दईु सयले निवेदन दिएकोमा १२ जनालाई कार्यशालाका लागि छानिएका थियो । यही १२ मध्ये उत्कृष्ट ८ हुँदै तीन फिल्मकर्मीलाई निर्माण सहयोग दिइएको हो ।

आठ हप्ताको पहिलो चरणको लेखन कार्यशाला पछि सहभागीहरूले बुझाएकोु स्क्रिप्ट र उनीहरूको लेखन÷निर्देेशनको कलाको विकासको आधारमा ८ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशालाको लागि छानिएको थियो ।

कार्यशालामा वर्कसपका संस्थापकहरू भाष्कर गौतम, आशा मगराती र दीपक रौनियारबाहेक उनीहरूलाई अभिनेता दयाहाङ राई, अधिकारकर्मी लुना रञ्जित, प्रोडटसन डिजाइनर आक्की थेक्पा , फिल्म प्रोग्रामर पावलो बर्टोलिन (भेनिस चलचित्र महोत्सव), निर्माता जेरिमी चुवा (सिंगापर) र निर्देशकहरू रूबयत हुसेन (बंगलादेश), मार्ता म्यात्योस (पोर्चुगल) र यान गोन्जालेज (फ्रान्स)समेतले प्रशिक्षण दिएका थिए ।

गोग्राहा कार्यशालाले २०२१–२२ को लागि पनि आवेदन खुल्ला गरेको जानकारी गराएको छ ।

यो सालको कार्यशाला पनि पहिलो झैं तीन चरणमा सम्पन्न हुने र यो पटक लेखन र सम्पादनमा ज्यादा केन्द्रित हुने आयोजकले जानकारी गराएका छन् । रेसिडेन्सीसहितको यो कार्यशाला मंसिर–पुसमा हुनेछ ।

पुरस्कृतले पाएको रकम स्वीस दूतावासले उपलब्ध गराएको हो ।

प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८     12:46:58 PM  |