संसद पुन:स्थापनाको खुसीयालीमा दीप प्रज्वलन (फोटो फिचर)



काेहलपुर ।

बाँके र बर्दिैयामा संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरिएको छ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि नेपाली काँग्रेस र नेकपा माओवादी समूह, अखिल )क्रान्तिकारी), नेपाल विद्यार्थी संघका युवाहरुले संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएसँगै नेपाली कांग्रेसको भातृ संगठन (नेविसंघ) ले गरेको दिप प्रज्जवलन गरेको छ । बर्दियामा भने पाँच वटा दलहरुले दिप प्रज्जवलन गरेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि
प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतले सोमबार दिउसो संसद पुनःस्थापनाको फैसला गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार