सर्वोच्चको फैसलापछि बाँकेमा सुरक्षा व्यवस्था कडा



कोहलपुर ।

बाँकेमा सुरक्षा सर्तकता बढाइएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेपछि सुरक्षा सर्तकता बढाइएको हो ।

फैसलापछि सडकमा हुनसक्ने प्रदर्शनलाई ध्यान राखेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अदालतको फैसला लगत्तै हामीले मातहतका युनिटहरुलाई तयारी हालतमा बस्न निर्देशन दिइसकेका छौं’ ती प्रहरी अधिकृतले भने, ‘केही भइहालेमा परिचालनको लागि जनशक्ति समेत तयारी हालतमा राखिएको छ ।’

नेपालगञ्ज कोहलपुर लगायतका बजार क्षेत्रमा पहिलेको भन्दा बढी मात्रामा प्रहरी परिचालन गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार