हाम्रो चमत्कारलाई स्वागत गर्न पर्खिन सकिँदैनः प्रियंका कार्की



नायिका प्रियंका कार्की आफु आमा बन्न लागेपछि निकै खुसी छन् ।

उनले निरन्तर आफ्नो तस्वीर सार्वजनिक पनि गरिरहेकी छन् । यसैबीच कार्की र नायक आयुष्मान देशराज जोशीले आइतबार पनि अर्को तस्वीर सार्वजनिक गरेका छन् ।

प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए । अब, उनका श्रीमान् आयुष्मानले पनि ‘बेबी सावर’को आयोजना गरेका छन् ।

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै जसलाई प्रेम, खुशी, सन्तुष्टी र नयाँ सुरुवातका लागि तयार राखेको उल्लेख गरेकी छन् ।

उनले, आफूले चाहेको सबैथोक आयुष्मान भएको पनि लेखेकी छन् । नायिका कार्कीले, अब आफूहरुको चमत्कारलाई स्वागत गर्नका लागि आफूले पर्खन नसक्ने पनि बताएकी छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २७ गते आइतबार