घोराहीमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ हिमाल टोलका २९ बर्षीय राकेश बस्नेत आफ्नै काठोबाट २ ग्राम १७० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
दाङ जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले शुक्रबार बेलुका साढे ६ बजेतिर सोही ठाउँका २७ बर्षीय २७ रावतलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार










प्रतिक्रिया दिनुहोस्