बंगलादेशको राजधानी ढाकामा ६ तले कारखाना भवनमा भीषण आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् भने अन्य धेरै व्यक्ति बेपत्ता छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना बिहीबार साँझको हो। आगो कारखानाको माथिल्लो तलमा लागेको थियो। भवनभित्र कति जना फसेका छन् भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन।

स्थानीय प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेतिर रूपगन्ज इलाकास्थित फुड एन्ड बेभरेज कारखानामा आगलागी भएको हो। आगो शुक्रबार अपराह्नसम्म नियन्त्रण हुन सकेको छैन।
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्