16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

घटनास्थलमै पुगेर मृतकका परिवारलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

शिवु खनाल/ दाङ, २४ असार

दाङमा मृतकका परिवारलाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा बिहीबार बिहान ३ बजेतिर घर भत्किँदा विन्दु चाैधरीकाे मृत्यु भएको थियोे ।

अबिरल बर्षाको कारण घर भत्किदा मृत्यु भएकाे बिन्दु चौधरीको बुबालाई घटनास्थलमै पुगेर जिल्ला बिपद ब्यवस्थापन समिति र घोराही उपमहानगरपालिकाकाे तर्फबाट दुई लाख २५ हजार राहत स्वरूप प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ् र नगर प्रमुख नरूलाल चाैधरीले संयुक्तरूपमा प्रदान गर्नुभएको हाे ।

घरको भित्ता भत्कँदा मनिषा चौधरीकाे तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएकाे र उनकी आमा र दिदी बाटुली चाैधरी घाइते भएका थिए । उनी आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     12:23:23 PM  |