16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

देशभर थपिए १,८७५ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बिहीवार थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । बिहीवार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्षमुनिका ४३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा २८७ संक्रमित थपिएका छन् । सुनसरीमा ११८, कास्कीमा १०५, ललितपुरमा ८२, मोरङमा ६५, चितवनमा ६० र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै रुपन्देहीमा ४७, नवलपरासी पूर्वमा ३९, काभ्रेपलाञ्चोकमा २९, झापा र मकवानपुरमा २८÷२८ जना, पाल्पामा २३, नुवाकोटमा २२, स्याङजामा २१ जना कोरोना संक्रमित थपिएका हुन् । सुर्खेतमा १७, नवलपरासी पश्चिम र बर्दियामा १४÷१४ जना, कैलालीमा १२ र बाँकेमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     9:01:24 AM  |