16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सम्झना चोरी प्रकरणः पीडितले भनिन्, पेस्तोल देखाएर एक करोडको सुनचाँदी लुटे(अडियोसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २४, २०७८  

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु ।
घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु ।

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका, ६ सम्झना चोकमा आईतवार राती चोरी भएको भनिएको घटनाका पीडितले एक करोडको लुटपाट भएको बताएका छन् ।

मिसनटुडेन्यूज को सम्पर्कमा आएकी पीडित ममता नेपालीले पेस्तोल देखाएर आफु र दुई छोरीलाई धम्की दिएर नगद र सुनचाँदी गरेर एक करोड बराबरको लुटपाट गरेको बताएकी हुन् ।

यस्तो छ पीडित ममता नेपालीले मिसनटुडेन्यूज सँग बताएको घटनाक्रम

आइतवार राती सम्झना चोकमा रहेको घरको आफ्नै कोठामा दुई छोरीहरुको साथमा सुतिरहेको थिए । राती ११, १२ बजेको समयमा मास्क लगाएका ६ जना मानिसहरु कोठामा प्रवेश गरेर हामीलाई उठाए ।

उनीहरुमध्ये एक जनाले हामीलाई गन (पेस्तोल) देखाउँदै ज्यानको माया छ की छैन भनेर थर्काए । ज्यानको माया भए दराजको चाबी दिन र नकराउन धम्की दिए । उनीहरुले लामा लामा रडहरु समेत ल्याएका थिए ।

मैले बाँसगढीमा सुनचाँदी पसल गर्दै आएको छु । त्यहीका सुनचाँदी र नगद दराजमा राखेको थियो । दराजको चाबी पाएपछि उनीहरुले सबै त्यो लुटेर लगे । उनीहरु बन्द रहेको कोठाभित्र कसरी पसे मलाई केही पनि थाहा छैन ।

कोठाभित्र पसेर गन (पेस्तोल) देखाएपछि मात्र मैले थाहा पाए । ४ लाख बढी नगदसहित अन्य गरगहना र काँचो सुन एक करोड बढीको धनमाल हराएको छ । त्यो सबै जानकारी मैले प्रहरीलाई गराइसकेकी छु ।

लास्टमा उनीहरु छोरीको र मेरो सलले हात बाँधिदिएर बाहिरबाट ढोका लगाइदिएर गएका हुन् ।

पीडित नेपालीसँग गरिएको कुराकानी

प्रकाशित मितिः बिहिबार, असार २४, २०७८     5:48:53 PM  |