16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

जन्मौ जन्म नछुटिने नातामा अनुसँग डिआरको रोमान्स

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

काठमाडौं ।

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ ।

सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियोमा डा.डीआर र नायिका अनु शाहको अभिनय रहेको छ । भिडियोमा प्रेम र ट्रयाजेटी समेटिएको छ ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । नेपाली गीत संगीतमा डा. उपाध्यायले ५१ विधामा विश्व रेकर्ड राख्न सफल छन् ।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     2:38:16 PM  |