16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

प्राधिकरणले भन्यो– यस्ता मोबाइल सेटको पुनः आईएमईआई दर्ता गर्नु पर्दैन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २४, २०७८  

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेको छ । त्यसको लागि तीव्रताको साथ काम अघि बढेको जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

“व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,” सूचनामा भनिएको छ ।

नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

सूचना पढ्नोस्–

प्रकाशित मितिः बिहिबार, असार २४, २०७८     1:49:28 PM  |