29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि,

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

काठमाण्डाै :- खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढेर ७ सय ५४ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढेको नेपाल आयल निगमले दाबी गरेको छ ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     9:39:55 AM  |