29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बोयर जातका माउ बाख्रा वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

शिवु खनाल । दाङ ।

लमही नगरपालिका वडा नम्बर, ९ अमिलियाकी गंगा घर्ती निःशुल्क बोयर जातको माउ बाख्रा पाउँदा दंग छिन् । उनले मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत दुईवटा माउ बाख्रा पाएकी हुन् । ‘दुईवटा माउ बाख्राबाट शुरुवात भए पनि क्रमैसँग बाख्राको संख्या थप्दै लैजानेछु । यसलाई निर्वाहमुखीभन्दा पनि व्यवसायीकरण गर्दै लैजाने सोचमा छु’ उनले भनिन् ।

लमही नगरपालिका वडा नम्बर, १ बसन्तपुरका चित्रहादुर घर्तीले यस्तो संकटको बेला अतिविपन्न तथा कोरोनाको उच्च जोखिममा रहेका किसानका परिवारलाई मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत बाख्रा वितरण गरेर ठुलो गुन लगाएको बताए । लमही नगरपालिका अन्तरगतका विभिन्न समुदायलाई बोयर जातका माउ बाख्रा वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत नगरक्षेत्रका ग्रामीण भेगमा बसोबास गर्ने ३५ जना अती विपन्न, अती गरिब समुदायका किसानलाई पहिचान गरि ७० वटा बोयर जातका माउ बाख्रा वितरण गरिएको लमही नगरपालिका पशु सेवा शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।

चालू आर्थिक वर्ष ०७७/०७८ मा पहिलो चरणमा मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नम्बर १, ६, ८ र ९ का अती विपन्न र गरिब समुदायका किसानलाई ८ लाख बराबरको बोयर जातका माउ बाख्रा, दुई लाख मुल्य बराबरको सिडलेस किम्बु र सुपरनेपियर घाँसको सेट (बेर्ना) वितरण गरिएको थियो ।

अती विपन्न परिवारको आयआर्जन वृद्धि गर्नका लागि माउ बाख्रा वितरण गरिएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले
बताए । ‘कृषि व्यवसाय गर्ने विपन्न कृषकहरूलाई बाख्रापालन व्यवसायका लागि ब्राख्रा वितरण गरिएको हो’ उनले भने, ‘७० वटा बाख्रा खरिद गरी विपन्न कृषकहरूलाई वितरण गरेका छौँ ।’

यता लमही नगरपालिका उप—प्रमुख देबका बेल्वासेले विपन्न परिवारलाई स्वरोजगार बनाउँदै व्यावसायिक प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले माउ बाख्रा वितरण गरिएको बताइन् । नगरले वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै उनले वितरण गरिएका माउ बाख्रामा स्वास्थ्य समस्या देखिएमा नगरपालिकाले स्थापना गरेको पशु स्वास्थ्य सेवा केन्द्रबाट उपचार गरिने जानकारी दियन् ।

यस्तै लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले यस ठाउँमा ठूलो संख्यामा बाख्रा पालक किसानहरुको बसोबास रहेको र उनीहरुलाई कुनै न कुनै व्यवसायमा सक्रिय बनाउँदै अर्थोपार्जनतर्फ प्रेरित गर्नु आवश्यक रहेको दाबी गरेका छन् ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     7:49:31 AM  |