29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

अझै तीन दिन वर्षा हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

कोहलपुर ।

मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । प्रदेश नम्बर २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको
हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि बदली रहेको थियो । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको थियो ।

राति देशका अधिकाश भू–भागमा बदली रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा भएको थियो ।

आज बुधवार समेत देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । बिहीवार पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     7:47:06 AM  |