29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

ब्राउन सुगरसहित तीन पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय दाङले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमान घोराही उप–महानगरपालिका, १३ बडहरा अन्नपुर्ण टोल बस्ने २२ वर्षीय कृष्ण बुढाथोकी र घोराही उप–महानगरपालिका, २ बस्ने २३ वर्षीय नुवाजन चौधरी रहेका छन् ।

बुढाथोकीले चलाएको रा ४ प १०७४ नम्बरको मोटरसाईकलमा आई लागु औषध(ब्राउन सुगर) कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ६ सय मिलिग्राम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक समेत रहेका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामाथि थप अनुसधानको काम भैरहेको छ । त्यसगरी प्रहरीले सोमवार बिहान करिव साढे दश बजेको समयमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ रातोडाडा निवासी २७ बर्षीय ऐकेन्द्र पुन मगरलाई पनि पक्राउ गरेको छ ।

पुनमगरले घर कोठामा लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खोज तलास गर्दा निज सुत्ने कोठमा कालो पलास्टिकमा पोका पारि राखेको लागुऔषध ब्राउन सुगर २.३५ मिलिग्रामसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई लागुऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको समेत जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     7:44:57 AM  |