29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

हङकङमा आतंकवादी षड्यन्त्र रचेको भन्दै स्कुले विद्यार्थीसहित ९ पक्राउ, बम बनाएको आरोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

हङकङमा आतंकवादी पड्यन्त्र रचेको आरोपमा स्कुले विद्यार्थीसहित ९ जना गिरफ्तारमा परेका छन्।

उनीहरुले बम बनाएको र सडक, अदालत, यातायात संजालमा सो बम पड्काउने योजना बनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङलाई चीनबाट अलग्याउने चाहने चार महिला र पाँच पुरुष गिरफ्तार भएको प्रहरीको भनाइ छ।

पक्राउ परेकामध्ये केही माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन्। उनीहरुलाई ‘रिटर्निङ भालियन्ट’ समूहले बम बनाउन सिकाएको बताइएको छ। यी सबैलाई राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरिएको हो।

प्रहरीले सिम सा सुईको नाथन रोडस्थित एउटा भवनमा उनीहरुले प्रयोग गर्दै आएको ल्याब फेला पारेका छन्। त्यहाँ उनीहरुले बम बनाउने गरेको पाइएको छ।

प्रहरीले यस घटनामा पक्राउ परेका ६ जना १९ वर्ष मुनिका विद्यार्थीबाट ८० हजार हङकङ डलर पनि बरामद गरेका छन्, उनीहरुबाटै १० हजार हङकङ डलर बराबरको विदेशी मुद्रा पनि भेटिएको छ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     1:28:49 PM  |