नेपालगञ्ज ।
पछिल्लो २४ घण्टामा सोमवार बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ५ महिला र ४ पुरुष गरेर ९ जनामा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र ३ पुरुष गरेर ६ जना, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १ महिला र १ पुरुष गरेर २ जना तथा बागेश्वरीको ल्यावमा गरिएको परीक्षणमा १ महिलामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ८० पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार तीमध्ये ७ हजार ४ सय ४८ महिला र १० हजार ३२ पुरुष रहेका छन् ।
सोमवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा ११ महिला र ११ पुरुष गरेर बाहिरी जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म बाँकेमा उपचारका क्रममा २ सय ४३ महिला र ४ सय ३२ पुरुष गरेर ६ सय ७५ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ नयाँ संक्रमित थपिदाँ १ जना मात्र कोरोना जितेर डिस्चार्ज भएका थिए ।
योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार १ सय ११ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । उनका अनुसार कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार २ सय ९१ महिला र ९ हजार ८ सय २० पुरुष रहेका छन् ।
सोमवार समेत बाँके भित्रका संक्रमित मृत्यु हुने संख्या शून्य रहेको थियो । अहिलेसम्म जिल्लाकाभित्रका १ सय ३० महिला र १ सय ८१ पुरुष गरेर ३ सय ११ जनाको मृत्यु भइसकेको छ । सोमवार बाँकेका ३० महिला र ३७ पुरुष गरेर ६७ जना सक्रिय संक्रमित रहेका थिए ।
जिल्लामा बाहिरी जिल्लाका सक्रिय संक्रमित संख्या भने ३६ रहेको थियो । सबै गरेर जिल्लाभर सक्रिय संक्रमित १ सय १२ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।









प्रतिक्रिया दिनुहोस्