विवाह पश्चात नै यी महिलाले बेहुलीको पोशाकमा देखाइन् मार्सल आर्ट्स कला (भिडिओ)



एजेन्सी ।

भारतीय राज्य तामिल नाडुकी एक महिलाले बेहुलीको पोशाकमा देखाएको मार्सल आर्ट्स कला निकै भाइरल भइरहेको छ।

तमिलनाडुको तुतीकोरिनमा २२ वर्षकी निशाले गतहप्ता आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा ३ हजार वर्ष पुरानो मार्सल आर्ट्स कौशल ‘सिलमबम’ प्रदर्शन गरेकी थिइन्।

मार्सल आर्ट्सलाई आत्मरक्षाको कला मानिन्छ। महिलाहरू आत्मरक्षामा सक्षम हुन सकुन् भन्ने हेतुले आफूले बेहुलीकै पोशाकमा मार्सल आर्ट्सको कला प्रदर्शन गरेको निशा बताउँछिन्।

एनडीटीभीका अनुसार निशाले सारीमै आत्मरक्षाको कला प्रदर्शन गरेपछि उनी रातारात चर्चामा आएकी छिन्। भिडिओमा देखिएअनुसार निशाले लाठी, ब्लेड, भालालाई आफ्नो हातले नचाएकी छिन्। एनडीटीभी

(भिडिओ)

  • No tags available
प्रकाशित मिति : २०७८ असार २२ गते मंगलबार