कोहलपुरका किशोरीलाई आत्मसुरक्षा तालिम (फोटो फिचर)



कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका किशोरीशरुलाई आत्मसुरक्षा तालिम प्रदान गरिएको छ । कोहलपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

५० जना किशोरी सहभागी तालिम तीन दिन सम्म सञ्चलन भएको थियो ।

तालिम असार १९ गतेबाट शुरु भइ आज सकिएको हो । तालिमको अवधीमा आफ्नो आत्मरक्षाका लागि टेक्निक कसरी अपनाउने भन्ने विषयमा प्रयोगात्मक रुपमा सिकाइएको थियो । उनीहरुलाई सन्जु महर्जन र राधिका ऐन हमालले तालिम दिएका थिए । उनीहरुलाई नगरपालिकाकाले काठमाडौँबाट मगाएको हो ।

तालिमको समापनको क्रममा तालिम अवधीभर सिकेका कुराहरुको किशोरीहरुले डेमो पनि प्रदर्शन गरेका थिए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, उप प्रमुख सन्जुकुमारी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल, सामाजिक विकास समितिका संयोजक नारायणी ओली, वरिष्ठ प्रशिक्षक राधिका ऐर हमालले तालिम उपलब्धिपूर्ण रहेको बताएका थिए ।

उक्त अवसरमा सहभागीहरुलाई प्रमाणपत्रका साथै प्रशिक्षक द्धयलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो । हेर्नुहोस तालिम समापन सत्रका केही प्रतिनिधिमुलक तस्बिरहरु

 

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार