पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा आइतबार मृत भेटिएकी सुजिता भण्डारीको शव ल्याउन आफन्त र स्थानीयले अवरोध गरेका छन् ।
घटनास्थलबाट मुचुल्का तयारी गरी शव भरतपुर अस्पताला लैजाने क्रममा प्रहरीलाई आफन्त र स्थानीयले अवरोध गरेका हुन् ।
ब्रम्हस्थानी सामुदायिक वनको जंगलबाट आज बिहान मुचुल्का गरी प्रहरीले शव निकालेको थियो । प्रहरीले शव राप्ती नगरपालिकाको वडानम्बर ३ मा ल्याइपुर्याउँदा अवरोध भएको छ । त्यहाँ उनीहरुले प्रदर्शन गरेका छन् ।
असार ११ गते बिहान साथीको घर जान्छु भनेर निस्किएकी सुजिता त्यसै दिनदेखि हराएकी थिइन् । सोही दिन अपराह्न उनले दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन् ।
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार










प्रतिक्रिया दिनुहोस्