कोहलपुर ।
कोहलपुर नगरपालिकाले किशोरीहरुलाई तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरेको छ । पछिल्लो समय क्षेत्रका किशारीहरुमाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला कोहलपुर नगरपालिकाले आत्मरक्षा तालिम दिन सुरु गरेको हो ।
कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन थालिएको हो । यस्तै सामाजिक विकास शाखाका संयोजक नारायणी वलीले किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाउने विश्वास व्यक्त गरिन् ।
यस्तै नेपाल सेल्फ डिफेन्स संघका बरिष्ट प्रशिक्षक राधिका ऐर(हमाल)ले सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएको बताइन् । उनका अनुसार नजीकैको वा आफन्तैबाट नजानिँदो पाराले दुव्र्यवहार तथा हिंसा हुने गरेका कारण आत्मरक्षा तालीमले उनीहरूलाई गलत छुवाइ र त्यस्ता किसिमका हिंसाबाट बच्न सिकाउने बताइन् ।
यस्तै नेपाल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सन्जु महर्जन, महिला, बालबालिका तथा समाज कल्याण उप–शाखाकी तारा भण्डारी लगायतको उपस्थित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्