देशभर थपिए १,६०३ संक्रमित



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा आईतवार थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षणमा ५ सय ६१ जना गरी १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको थियो । हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

यस्तै आईतवारसम्म देशभर ७८९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा रहेका थिए । ६०८ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १३१ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा थिए । बागमती प्रदेशमा ३४४ आइसीयू र १०६ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ६५ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ जना आइसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ९ जना आइसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आइसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २४५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन् ।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १७ जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र १० भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १२ आइसीयू र ३ भेन्टिलेटरमा छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना आइसीयू र १५ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ३० आइसीयू र १३ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र ११ भेन्टिलेटरमा छन् ।

यस्तै निजामती कर्मचारी अस्पतालमा ७ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र ३ भेन्टिलेटरमा छन् । नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २७ आइसीयू र ३ भेन्टिलेटरमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार