सरकारले ल्याएको सामाजिक सुरक्षा कोष विरुद्ध बाँके कोहलपुरमा रहेका बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोष आफुहरुको हितमा नभएको भन्दै आइतबार कोहलपुर क्षेत्रका कर्मचारीहरु सडकमा नै उत्रिएका हुन् ।
खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ति लैजान खोजेको भन्दै आन्दोलनमा आउनुपरेको बैंकका कर्मचारीहरुले बताएका छन् ।
आईतवार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा बैंकका कर्मचारीहरुले सडकमा विरोध प्रदर्शन गरेको क्लवका प्रवक्ता बसन्त रेग्मीले जानकारी दिए ।
बाँकेको नेपालगञ्जमा शुक्रवार सिद्धार्थ बैंक अगाडी कर्मचारीहरुले कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका थिए ।



प्रकाशित मिति : २०७८ असार २० गते आइतबार










प्रतिक्रिया दिनुहोस्