देशभर थपिए २,२९९ संक्रमित, पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा शुक्रवार थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त ३ हजार ४ सय ५१ जना भएका थिए ।

नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन् । देशभर ८१३ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

६३२ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९÷३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरी र गुल्मीमा ३७÷३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९÷२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका थिए । यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४÷१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १९ गते शनिबार