बर्दिया ।
ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलासले कैद सजाय तोकेका एक फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ का आकाश थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको थियो । थारुलाई उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलासले २०७६ फागुन ४ गते जबरजस्ती करणी मुद्दामा ४ वर्ष ७ महिना ७ दिन कैद सजाय तोकेको थियो ।
सोही बेलादेखि फरार रहेका थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरका ईन्चार्ज प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
थारुलाई घरमा नै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
पक्राउ परेका थारुलाई बर्दिया जिल्ला अदालत गुलरियामा आवश्यक कारबाहीको लागि बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बर्दिया प्रहरीले पछिल्ला दिनहरुमा फरार प्रतिवादीहरु पक्राउ पर्ने अभियान नै चलाइराखेको छ ।









प्रतिक्रिया दिनुहोस्