राजस्व सेवा पूर्ण बन्द गरिने



कोहलपुर 

बाँकेको कोहलपुर नगरपालिकामा राजस्व सेवा बन्द गरिने जनाएको छ । आर्थिक वर्ष सकिन लाग्दा नयाँ अद्यावधिक गर्नुपर्ने भएकोले राजस्व सेवा बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएको हो ।

कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालद्धारा हस्ताक्षरित सार्वजनिक सूचनामा आगामी साउन १ गते देखि १० गते सम्मका लागि राजस्व सेवा पूर्ण रुपमा बन्द हुने उल्लेख गरिएको छ ।

उक्त पत्रमा कोहलपुर नगरपालिकाको आ.व. २०७८/०७९ को आर्थिक ऐन २०२८ अनुसार राजस्व शीर्षकको दररेट अनलाइन प्रणालीमा अद्यावधिक गर्न लागिएको जनाइएको छ । सूचनामा उल्लेख गरिए अनुसार २०७८/१ गते देखि २०७८/४/१० गते सम्म कोहलपुर नगरपालिका र अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुमा राजस्व सेवा पूर्ण रुपमा बन्द गरिने भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार