बैंकका कर्मचारी आन्दोलित



शिवु खनाल । दाङ ।

सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणमा लमही बैंकर्सका कर्मचारीहरुले लमहीको गोरघर चोकमा कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका हुन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै लमही बैंकर्स क्षेत्रका कर्मचारीहरु असन्तुष्ट जनाउँदै विरोध प्रदर्शन गरेका थिए ।

कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । विरोध कार्यक्रममा विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरेको माछापुच्छे बैंक लमही शाखा प्रमुख मधुसूदन श्रेष्ठले बताए । बिहीवार लमहीको गोलघर चोकमा लमही बैंकर्स क्षेत्रका कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका थिए ।

खाइपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको उनले दाबी गरे । एभरेष्ट बैंकका लमही अप्रेसन प्रमुख खिमराज गैरे लमही बैंकर्स क्षेत्रका कर्मचारीहरूले संयुक्तरूपमा सबै बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि विरोध प्रदर्शन भएको जानकारी दिए । ‘आगामी दिनमा पनि हाम्रो माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा हुन्छ’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार