सडकमा गुड्ने र हावामा उड्ने कारको परीक्षण उडान सफल, यसरी उड्यो (भिडिओ)



सडकमा गुड्ने र हावामा उड्ने कारको परीक्षण उडान सफल रुपमा सम्पन्न भएको छ।

स्लोभाकियाको नित्रा अन्तर्राष्ट्रिय विमानस्थलदेखि ब्रातिसलाभा विमानस्थलसम्म एअर कारले निर्माण गरेको हाइब्रिड कार सफल रुपमा उडेको हो।

यस कारमा बीएमडब्लू कारको इन्जिन भएको बताइएको छ। कारमै लाग्ने पेट्रोलले यो कार उड्छ। परीक्षण उडानमा यो हाइब्रिड कार ३५ मिनेटसम्म उडेको थियो।

यस उड्ने कारको निर्माता प्राध्यापक स्टिफन क्लेनका अनुसार यो कार एकपटकमा हजार किलोमिटर टाढासम्म उड्नसक्छ, यो २५ सय मिटर माथिबाट उड्नसक्छ।

बीबीसीका अनुसार यो कार विमानमा परिणत हुन दुई मिनेट १५ सेकेन्ड लाग्छ।

यो उड्ने कारमा दुई जना अटाउँछन् र यसमा २ सय केजीभन्दा बढी सामग्री बोक्न सकिँदैन।

(भिडिओ)

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार