16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

राप्ती गाउँपालिकाका अध्यक्षलाई पक्राउ पुर्जी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १७, २०७८  

दाङ,  जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला अदालत दाङ अध्यक्ष सुवेदी सहित अन्य २० जनालाई देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो । सहकारीको रकम हिनामिना गरेको विषयमा परेको मुद्धामा फैलसा गर्दै जिल्ला अदालतले सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश जारी गरेको जानकारी दिए । उनीहरुकोलाई पक्राउ गर्नको लागि ३५ दिने पक्राउ पूर्जी जारी गरिएको छ । यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने उनको भनाइ छ । सहकारीको रकम हिनामिना गरेको आरापेमा ४ जना कर्मचारीलाई यसअघि नै थुनामा छन् ।

पक्राउ परेका पाँच जनामध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जनाविरुद्ध अदालतमा मुद्दा परेको छ । यता अध्यक्ष नुमानन्द सुवेदीले भने आफू अदालत मै गएर सबै कुरा राख्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, असार १७, २०७८     8:32:57 AM  |