चितुवाको छाला सहित २ जना पक्राउ



नेपालगन्ज,  जिल्ला प्रहरी कार्यालय बाँकेले चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको राप्तीसोनारी गाँउपालिका वडा नम्बर १ कुशुम बजारमा वन्यजन्तुको छालाको खरिद्बिक्री भन्ने सूचनाको आधारमा खटिएकोले टोलीले २ जनालाई पक्राउ गरेको हो ।

कार्यालयले प्रेस नोट जारी गर्दै उक्त स्थानमा संकास्पद रहेको जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय र दैलेख भैरवी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय जितेन्द्र शाही रहेको बताइएको छ ।

बाँके प्रहरी प्रमुख श्याम अधिकारीका अनुसार कुँवरले चलाएको र शाही पछाडि बसी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको रा ४ प ६५०४ नम्बरको स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उक्त छाला फेला पारिएको हो । उनले स्कुटीको डिक्की भित्र कालो झोलामा रहेको सेतो खैरो रंगको चरीबाघ(चितुवा) छाला भेटिएको बताए ।

उक्त छाला ३ फिट ३ ईन्च लामो रहेको छ । छाला सहित दुई जनालाई फेला पारी बरामद गरेको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १७ गते बिहीबार